ताप्लेजुङको ग्रामीण भेगका अधिकाशं बिद्यालयको शैक्षिक अवस्था मात्रै होइन भौतीक अवस्था नै दयनिय छ । ३ बर्ष अघि पहिरोले बिद्यालय भत्काएदेखी नै मिक्वाखोला ३ स्थित पञ्चेश्वरी माविका बिद्यार्थी बाँसले बारेको यहि टहरोमा बसेर पढ्न बाध्य छन् । हिउँदमा हिमालको मुटु काप्ने सिरेटो र धूलो, वर्षामा आकाशको पानी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ ।
यो त एउटा प्रतिनिधि विद्यालय मात्र हो । जिल्लाका अधिकांस विद्यालयको हालत यहि हो । तर यिनै बिद्यालय सुधारको नाममा करिब १० लाख बजेट विनियोजन गरेर ताप्लेजुङका जनप्रतिनिधिहरू शैक्षिक भ्रमण्ङामा निस्किएका छन् । जिल्ला शिक्षा समितिको समन्वयमा भएको भ्रमणमा फुङलिङ नगरपालिका सहित छ वटा गाउँपालिकाका प्रमुख, उप–प्रमुख, प्रशासकीय अधिकृतहरू, शिक्षा कार्यालयका कर्मचारी स्रोत व्यक्ति, शैक्षिक संघ, संगठनका प्रमुख लगायत ५५ जनाको टोली रहेका छन् । यसको खर्च भने सबै स्थानीय तहले १-१ लाख तथा गैर सरकारी संस्था रिड नेपाल र जिल्ला शिक्षा समितले १ लाख व्यवस्था गरेको छ । देशका नाम चलेका बिद्यालयको अनुगमन पछि ताप्लेजुङका बिद्यालयमा लागु गर्ने भन्दै जम्बो टोली भम्रणमा निस्कीए पछि स्थायनहरुले त्यसको चर्काे आलोचना गरेका छन् । विकास गर्न नभई विकास बजेट खर्चनमा जनप्रतिनीधिहरु तल्लिन भएको स्थानियहरुको आरोप छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस