हामीले कार्यक्रमको यस अघिको श्रृङखलामा बसुन्धार स्थीत साम इन्टरनेशनल मेनपावरबाट ठगीएका राम बहादुर घलेको बिषयमा रिपोटीङ गरेका थियौ । साम इन्टरनेशनल मेनपावरको म्यानेजर बनेर कुमार बहादुर थापाले सेक्युरेटी र्गाडमा युएई लैजाने भन्दै ६ महिना अघि नै १ लाख ५० हजार लिएको थियो तर युएइ पठाउन नसकेपछी राम बहादुर घलेले वैदेशिक रोजगार विभागमा मुद्धा दर्ता गरेका थिए । तर अहिले युएइमा रहेको कुमार थापाले मुद्धा फिर्ता गर्न भनेर धम्काइरहेको अडियो प्रशारण गरेको थियौँ । मामिले यस विषयमा रिपोटिङ गरेकै अर्काे दिन साम इन्टरनेशनलाका सञ्चालक ओम प्रकाश विश्वकर्मा हाम्रो कार्यालयमै आए र रामबहादुर घलेलेको सबै काम सम्पन्न भएर आइतबार साँझ युएइका लागि टिकट रहेको बताए । यति मात्रै होइन हामीले पुन फोन गरेर कन्र्फम ग¥र्यौ यो सुन्नुहोस ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस