धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मिना कुमारी यादवले कार्यालयले आफुलाई गाडी नदिएको भन्दै बैठकको माईन्यूट च्यातेकी छिन् । आईतबार बसेको नगर कार्यपालिकाको बैठकमा उपमेयर यादवले गाडी सहितका विभिन्न प्रस्तावहरु प्रस्ताव गरेकी थिईन् । तर उक्त प्रस्तावहरु पारित नहुँदै उपमेयरले म्यानुट च्यातेपछि नगपालिकाको बैठक अनिश्चितकालका लागि स्थगित भयो । नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबावु यादवले प्रयोग गर्दै आएका छन् । त्ससै अनुरुप उपमेयर यादवले पनि आफुलाई गाडी उपलब्ध गराउन प्रस्ताव गरेकी थिईन् ।
यस अघि भने मेयर यादवले चुनाव नतिजा सार्वजनिक भए लगत्तै आफुले नगरपापिलाबाट कुनै पनि किसिमको सेवा सुविधा नलिने घोषणा गरेका थिए । तर अहिले भने नगरपालिकाको गाडी मेयर यादवका कान्छा छोरा ज्ञान कुमार यादवले चढ्दै आएका छन् भने मेयर यादवले नगरपालिकाबाट ल्यापटप र मोबाईल सुविधा समेत लिएको उपमेयरको टिप्पणी छ ।

कमेन्ट लेख्नुहोस