हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीाक बिषयमा बारम्बार रिपोटीङ गरीरहेका छाँै । गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै निर्घात कुटपिट गरेको दृश्य देखाएका थियौँ । फेरी ट्राफिक प्रहरीकै अर्काे घटना ।
सुर्खेतमा त सर्वसाधारणलाई दुख दिएर ट्राफिक प्रहरी आफै तास खेल्दा रहेछन् । अति नै भएपछि शुक्रवार हाम्रा दर्शक विनोद सिंह विष्ट मोवाईलको क्यामेरा अन गरेर सुर्खेतको विरेन्द्रनगरमा रहेको ट्राफिक प्रहरी कार्यालयमा पुगे । ट्राफिक प्रहरीहरु बर्दी लगाएर मस्त तास खेलिरहेका छन् । खासमा स्थानीय ग्यारेजवाला मोन्टु भन्ने व्यतmीले मोटरसाइकलको साइलन्सर मोडीफाइ गरेको भन्दै ट्राफिक प्रहरीले उन्लाई हिरासतमा लिएको थियो । यिनै व्यतmीलाई छुटाउन जाँदा स्थानय विनोद सिंह बिष्टले यो भिडियो खिचेका हुन । कार्यालयमा तास खेल्ने हवल्दार प्रबिण थापा, हवल्दार नरेश खत्री र सिपाही ज्ञान बहादुर बि.क. हुन । साथै मोन्टुलाई छुटाउन ट्राफिक प्रहरीले उनिसँग पैसाको बाग्रेनीङ नै गरेका रहेछन् । विष्टका अनुसार ट्राफिक हवल्दार प्रविण थापाले ५ ओटा हजारका चिट काटे छुटाइदिने भनेका थिए । यति मात्रै हैन ट्राफिक प्रहरी कार्यालय बाहिर ट्राफिक प्रहरी खेमराज खत्रीले आँफुहरु पैसाको लागि जे पनि गर्ने बताएका छन् साथै मोन्टुलाई एक छिन् चेतावनी हुने र आँफुले शहिसापलाई भनेर छाडिदिने बताए ।

कमेन्ट लेख्नुहोस