कांग्रेसमा पुनर्जागरण सम्भव छ: विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

नेपाली कांग्रेसले प्रत्यक्षमा पराजित बनिरहदा समानुपातिकको सम्मानजनक जनमतकोतुलना अस्पतालको बिरामी सही डाइगोनोसीसको अभावमा छटपटाए झैँ कांग्रेसमा पुनर्जागरण सम्भव छ भन्ने बिश्वास लिएका विश्वप्रकाश शर्मा जस्ता होनहार युवा नेतालाई प्रवक्तामा मनोनयन गरिदा समग्र युवा कै प्रतिनिधित्व सम्झेर कांग्रेस वृतमा व्यापक खुसिको लहर देखिदै गर्दा विश्वप्रकाशको क्षमता र क्रियाशीलता संग चिर परिचित केहि नकारात्मक सोच भएकाहरुमा हिच्कि लाग्न सुरु भएको भान हुन थालेको छ|

सात भाइ युवा कांग्रेशीमा हिच्कि लाग्न सुरु 

यिनीहरु सात भाइको संज्ञा दिदै प्रवक्ता शर्मालाई खुइल्याउन सुरु गरेका छन् | आन्ध्र महासागरको मध्यभागमा तैरिरहेको पानी जहाजको पल्लो केबिनमा मुसाले दुलो पारेको मज्जा लिएर हेरिरहनेले के पनि बुझ्न जरुरी छ भने त्यो प्वाल नै सम्पूर्ण जहाज डुबाउने कारण बन्छ र त्यहाँवाट कोहि पनि भागेर बाच्न सक्दैनन्; त्यहि सोचौ विश्वप्रकाश कांग्रेसको प्रवक्ता बन्दा उनलाई गरिएका तथाकथित अराजनैतिक प्रहारहरु; उनको वदनाम भनेको समग्रमा कांग्रेसकै वदनाम हो । कांग्रेस बदनाम भएर न त रामचन्द्र, न त सिटौला, न त प्रकाशमान, न त खांड, न त अन्य कोहि नै नेता बन्न सक्छन| हिरो गरि गरि विभिन्न अनलाइन मिडियाको दुरुपयोग गर्दै कांग्रेसलाई गालि सार्वजानिक रुपमा नगरौ, केन्द्रीय समितिको बन्द कोठा भित्र जे जे भन्न मन छ त्यहि स्टेजको प्रयोग गरी सुधारौ, सुध्रीउ, अनि  नेतृत्व बदल्ने गरौ, यहि नै कांग्रेस पुनर्जागरणको उदगम हुनेछ|

सन्दर्भ सात भाइ युवा कांग्रेशी नेताहरुको बारेमा ! त्यहाँ मिश्रित संयोजन छ | कोहि बिजयी बनेका छन, कोहि झिनो मतले पराजित बनेका छन, कोहि निर्वाचन नै नलडेका छन् भने कोहि फराकिलो मतान्तरले पराजित बनेका छन अनि कोहि चै वाम गठबन्धनलाइ नै चुनौती दिदै वाम मतदाताले समेत पत्याएर मन दिएका तर मतको अंकगणितले उपविजेता बनेका नेपालि कांग्रेसलाई जीवन दिनसक्ने सामर्थ्य भएका सक्षम युवानेताहरु छन| सातभाइ कुनै क्लब होइन, त्यो कुनै गुट अनि कुनै उपगुट पनि होइन यो त गएको निर्वाचनमा पराजित बनेपछि नेपाली कांग्रेसको अवस्था र भावी कार्यदिशा के हुन सक्छ भनि समान सोच भएका र पार्टी पंक्ति अनि जनतामा समेत बिश्वास आर्जन गरेका उदिएमान युवाहरुले बनाएको समान अवधारणा मात्र हो| साथै यी युवाहरुको सोच पार्टीको नेतृत्वदायी भूमिकामा बसेर संघठन लक्षित मुभ गर्ने पनि हो| जहासम्म नेतृत्वलाइ खुम्चाउने र बन्धक बनाउने अनि संघठन नै अराजक बनाउदै एक अर्कालाई सिद्धाउने योजना मुताविक सात भाइ संगै बसेका नै होइनन| केन्द्रीय समितिको वैठक अनि महासमिति बोलाइ कांग्रेसलाइ सुधार्न प्रयास गर्ने महत्वपुर्ण माग वास्तवमा सातभाइको मात्र होइन यो त समग्र कांग्रेसी कार्यकर्ताको पनि हो| सात भाइले त् सिर्फ छिट्टै मुखारित मात्र गरेका हुन| सात भाइको भावना कांग्रेस पुनर्जागरण र कांग्रेसलाई नविन मार्गमा डोराउन युवा भूमिकाको माग गर्ने पनि हो र जसको कदर स्वरूप नै विश्वप्रकाशको प्रवक्ता चयनमा धेरैलाइ हिच्कि किन लागेको बुझ्न नसकिएको यक्ष प्रश्न यहि छ?

कांग्रेसीका प्रवक्ता विश्वप्रकाश

के विश्वप्रकाश व्यक्ति र क्षमतावान युवा नेताको रुपमा चयन हुनु शेरबहादुरको अयोग्यता हो त? त्यो कदापी हुन सक्दैन गहिरिएर हेर्ने हो भने विश्वप्रकाश व्यक्तिमात्र  होइनन अहिलेको सम्पूर्ण आवस्यकता हुन । यिनलाई सैद्दान्तिक बिचलन भएको भनेर काकडभित्ता देखि कंचनपुरसम्मका कुनै पनि नेता र कार्यकर्ताले भन्न सक्दैनन| निर्वाचनमा चुनावी माहोल बनाउन आफ्नो आफ्नो क्षेत्रमा एकपटक विश्वप्रकाश आएर सम्बोधन गरीदिए मात्र पनि निर्वाचनमा माहौल नै हेरफेर हुन सक्छ भन्ने तमाम कांग्रेसी उमेदवारहरुको आकाँक्षा थियो र यो सत्यलाई लुकाउनु हुदैन|त्यसकारण पनि विश्वप्रकाश तमाम कांग्रेस कै चाहना हुन| यिनी कुनै गुट र उपगुटको प्रवक्ता होइनन यी त कांग्रेस पुनर्जागरण गर्न सक्छु भनि उच्च मनोबल लिएर हिडेका समग्र कांग्रेसीका प्रवक्ता हुन|

हिस्ट्री सेवेन अनि भिजन ८७

नेपाली कांग्रेसको नेतृत्वमा सबै प्रकारका राजनैतिक क्रान्तिहरु पूर्णतया सफल भएकोमा कुनै फरक मत छैन चाहे त्यो २००७ होस वा २०४६ वा २०६३ अनि पूर्ण राजतन्त्रवाट संबैधानिक राजतन्त्र हुँदै मुलुक गणतन्त्रको रुपान्तरणकारी यात्राको क्रान्तिमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको हो| चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि बन्न नसकेको एक थान संबिधान नेपाली कांग्रेसकै नेतृत्वमा प्राप्त भएको उपलब्धीलाई  जनतामाझ बुझाउन नसक्नु कांग्रेसको कमजोरी भयो| चुनावमा कांग्रेसको घोसणापत्र बनिसक्दा विश्वप्रकाश भन्दै थिए हिस्ट्री सेवेन अनि भिजन ८७, भन्नमा त भनियो तर त्यहाँ उल्लेख भएका समृधीका योजनाहरुलाई न कुनै नेताले आ आफनो क्षेत्रमा जनतालाई बुझाउन सके न त् त्यसलाई राष्ट्रिय निर्वाचनको नारा नै बनाए| भन्न सक्नु पर्थ्यो अव सबै राजनैतिक आन्दोलन सकिएको छ, मुलुकमा आर्थिक र सामाजिक विकास चाहिएको छ त्यो हामी २०८७ सम्ममा पुरा गर्छौ, त्यसको पारम्भ बिन्दु नै निर्वाचन २०७४ हो| हामी कल्पना गरौ त् २०८७ को समृद्धिको यात्रा रुपी जहाज (तर त्यो के पी ओलीको पानी जहाज होइन) जहाँ प्रचण्ड अनि उनकै भाइ विप्लव पनि हुनेछन ति सबैलाई अटाउन सक्ने सामर्थ्य दिनेछ कांग्रेसले, त्यहाँ पनि कांग्रेस चुकेकै हो| विश्वप्रकाशले झापाको आफनो क्षेत्रमा जोडदार रुपले समृद्धिको लागि रास्ट्रीय सहमतिको साझा दस्तावेज मुलुकलाइ बनाउने नेतृत्व कांग्रेसले गर्दछ भनिरहदा उनको साथ र समर्थन गर्न अग्र पंक्तिमा कोहि नै नदेखिएको यथार्थता पनि हामी सवै सामु छर्लंग छ|

नैतिकता, इमान्दारीता, समन्वय अनि नविन सकारात्मक सोच नै यिनको पर्यायवाची

बिश्वप्रकाशको बारेमा भन्नै पर्दा यी विधार्थी राजनीतिका सफलतम नेता हुन| नैतिकता, इमान्दारीता, समन्वय अनि नविन सकारात्मक सोच नै यिनको पर्यायवाची हुन| आजको दिनसम्म यी कहिँ पनि गनाएका छैनन| आर्थिक लेनदेनमा, कुनै पनि सरुवा बढुवा अनि नियुक्तिमा, यी कहिँ कतै मुछिएका छन् भनेर कसैले औला देखाउन पनि सक्दैन| यिनले न कुनै कालखण्डमा कुनै राष्ट्रलाइ ठुलै हानीनोक्सानी हुने कुनै काण्ड नै मच्चाएका छन न त त्यस्ता काण्ड मच्चाएर अरुकै काँधमा बन्दुक पडकाएका नै छन| नेपाली कांग्रेसको १२ औ महाधिवेशनमा देशभरिका तमाम कार्यकर्ता विश्वप्रकाशलाइ अत्याधिक मतका साथ केन्द्रिय समितिमा पठाउन चाहन्थे तर यिनी भने छोरिलाइ काठमाडौँको सुविधा सम्पन्न बिद्यालयवाट निकालेर धुलावारिको सामान्य स्कुलमा भर्ना गरि पार्टीको जिल्ला सभापति लडन गएका थिए| राष्ट्रिय राजनीतिमा पृथक पहिचान बनाएर सबैको चाहेता बनेता पनि जिल्लामा उनि लामो समयको अन्तराल पछि सक्रिय भएका कारण पनि त्यहाँ पराजित बने| तथापी देश भरिका तमाम कार्यकर्ताको आग्रहका वाबजुद केन्द्रिय सदस्यमा उम्मेदवारी समेत दिएनन्| ति प्रस्ट थिए, अव गाउ बस्नु छ, जिल्ला बस्नु छ, हामीले खोजेको संघियताको सुरुवात त्यहि वाट हुनेछ र जसलाई आफनै जिल्लामा बिजय हासिल हुन सक्दैन त्यसले केन्द्रमा जान हतार गर्नु उपयुक्त छैन भन्ने सोच राखे, नैतिकता प्रदशन गरे| ति यदि पदलोलुप थिए भने यो प्रवक्ता भन्ने पद त धेरै पहिले नै कुमल्याउथे, केन्द्रीय सदस्य पनि त्यति खेर नै बनिसक्थे| त्यसो गरेनन, गाउमा बसे जनताको दुखको साथी बने, घाउहरुमा मलम लगाए, बामपन्थीहरुको बाहुल्य भएको क्षेत्रमा संघठन बनाउन अहोरात्र लागिपरे, त्यसलाई यदि गल्ति मान्ने हो भने विश्वप्रकाशले निश्चय नै गल्ति गरेका छन् र त्यो उनको नसच्चिने कमजोरी पनि हो| अर्को प्रसंग पनि छ, तत्कालिन पार्टी सभापति सुशील कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समिति पुनर्गठन गर्दा विश्वप्रकाश मात्र त्यस्तो एक ने बि संघको पुर्व सभापति हुन् जो नेतृत्वको केहि नेताहरुको व्यक्तिगत कोपभाजनको कारणले केन्द्रीय समितिमा समेत अटाएनन| उनकै स्कूलिंगमा हुर्केकाहरु केन्द्रिय सदस्य बने आमन्त्रित केन्द्रीय सदस्य बनेर पार्टीको पोर्टफोलियो बढाए| ति सबैलाइ सहर्ष स्वीकार गरे बधाई दिए अनि साथ पनि दिए तर अव तिनै विश्वप्रकाश प्रवक्ता बन्दा नाक किन खुम्चाउछन? त्यस्तै गएको १३ औ कांग्रेसको महाधिवेशनमा  गुट र उपगुटमा ब्याप्त कांग्रेसलाई मुक्ति दिनु पर्छ भन्ने भावनावाट झापामा पार्टीको आन्तरिक निर्वाचनमा सर्वसम्मत नेतृत्व चुनाउने कार्यमा विश्वप्रकाशको योगदान बिर्सन सकिन्न| निश्चय नै सर्वसम्मतको नाममा धेरै विश्वप्रकाश समर्थकहरुले जिल्ला नेतृत्वमा सहि स्थान पाउन सकेनन होला तर जसले पायो त्यो कांग्रेस नै हो, देश बदल्ने सोच राख्ने ले कसैलाई काखा अनि कसैलाई पाखा गर्नु हुन्न भन्दै फराकिलो मनका साथ समन्वय गर्न सक्ने क्षमता प्रदशन गरे| वास्तवमा त्यो कांग्रेस हिडने वाटो कोरेका थिए, त्यो संदेश दिन चाहेका थिए| यदि उनले झापामा अवलम्बन गरेको वाटोमा कांग्रेस हिडेको मात्र भएपनि आज पराजित हुनुपर्दैन थियो|

पराजित  भएर उनले कसैलाई दोष दिएनन, संगठन सुदृढीकरण अभियान बनाउन झापावाट सुरजपुरा यात्राका अभियंता बने 

विश्वप्रकाशले जिल्लामा संघठन गरेका छन| अधिकतम समय जिल्लामा नै बस्छन| २०७० कै निर्वाचन जित्नु पर्ने विश्वप्रकाश पार्टी भित्रको गुट अनि उपगुटको शिकार बनि ५०० मतको फरकमा पराजित बने| स्थानीय स्तरका बिपक्षी दलका नेता र कार्यकर्ता समेत विश्वप्रकाश हार्नुको दोष कांग्रेशलाइ नै आजपर्यन्त गरिरहेका छन| निर्वाचन हारेपनि जनताको दुखमा साथ दिन यिनको द्वार २४ घण्टा खुल्ला रहेको र यी कुनै पनि वाद अनि प्रतिवाद भन्दा माथि उठेर खुल्ला हृदयले सवैलाई सहयोग गरिरहेका छन| त्यस्तै गएको निर्वाचन २०७४ हुनु पुर्व सवै प्रकारका केन्द्रीय नेताहरुले आ-आफनो क्षेत्रलाई सुरक्षित बनाउन क्षेत्र रेखांकनमा राजधानी केन्द्रित अनि बुढानिलकण्ठमा लविंग गर्दैगर्दा यी गाउँमा नै स्वास्थ्य क्याम्प गर्दै थिए| यो यिनको कमजोरी भयो जसको फलस्वरुप आफ्नो पुरानो क्षेत्र बाहेक अर्का झापाली नेता कृष्ण सिटौलाको घर भएको तर वाम बाहुल्य भएका चन्द्रगढीका दुइ वटा वडाहरु पनि निशुल्क रुपमा बिना मागे उपहार मिल्यो| अव भनौ, आफु चुनाव लडने अनि आफ्नो घर भएको वडा चाही अर्कोको हालिदिने, यो कस्तो प्रकारको राजनैतिक प्रपन्च हो ? वास्तवमा विश्वप्रकाशलाइ माथ खुवाउने थालनी यहि वाट भएको थियो| त्यस्तै देशव्यापी रुपमा कांग्रेसी कार्यकर्ताहरु राप्रपालाइ मत दिदै थिए भने झापामा भने तिनै राप्रपाहरु एमालेको सूर्यलाई मत दिदै थिए| त्यो कांग्रेसको भुल थियो| त्यो भुल किन गरियो र कसले गर्यो? आजपर्यन्त कोहि पनि समिक्षा गर्न किन तयार छैनन? त्यहाँ कोहि बोलेनन् किनकि विश्वप्रकाश हराउने ग्रान्ड डिजाइनमा सवैको सहमत जस्तै देखिन्थ्यो| ति विश्वप्रकाशले कति मिहेनत गरेका रहेछन भन्ने कुरा उनले पाएको मतको आकार हेर्दा पनि थाहा हुन्छ| तुलना गर्दा पनि प्रस्ट छ, झापाका सबै क्षेत्रमा अत्यन्तै बिशाल मतान्तरले सबै कांग्रेसी नेताहरु पराजय हुदै गर्दा विश्वप्रकाशमात्र थोरै मतले पछि परेर उपविजेता वने अनि उदघोस गरे मतले जित्न नसकेपनि मनले त जितेको छु| आफु पराजित बने पछि कसैलाई दोष दिएनन, सिर्फ भने, कांग्रेस सुधार्ने अवसर हो, जनताको मतको सम्मान गर्नुपर्छ, यो अवसरलाई संघठन सुदृढीकरण अभियान बनाउनु पर्छ भन्दै झापावाट सुरजपुरा पुगे| सुरजपुराको माटोमा उभिएर हामी बदलिंछौ, कांग्रेस बदल्छौ भनेर शंखघोस गरि कार्यकर्तामा उत्साह भरिरहदा अन्य नेताहरु पराजयको पीडाको दोष सभापतिलाई थोपार्दै काठमाडौँका कोठे बैठकमा ब्यस्त बन्दा कांग्रेस दरो बन्दैन भनेर बुझ्नु जरुरि छ|

बि पी कोइरालाको विचारधारामा अडिग 

केहि समुह अझ भनौ भने एकदम सानो स्वार्थपरक कोटरी जो बार्गेनिङ गरि शक्ति आर्जन गर्नमा बिश्वाश गर्दछ, अव विश्वप्रकाश प्रवक्ता बन्ने बित्तिकै त्रस्त भएर शेरबहादुर देउवाले प्रजातन्त्र दरवारमा बुझाएको कुरालाई जोडेर बदनाम गर्न पनि खोज्दैछन| तिनीहरुले के बुझ्न जरुरि छ भने गणतन्त्रको यात्राको सुरुवात नै राजाको घोषणा मार्फत संसद पुनर्स्थापना गरि सुरु भएको हो| त्यहि संसदले स्वीकार गरेका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसादले समेत राजावाट सपथ लिएर कार्यभार समाली गणतन्त्रको रथ कुदाएका थिए| त्यतिवेला बिश्वप्रकास लोकतन्त्र पुनर्वहालीको लागि विधार्थीलाई सडकमा उतार्दै थिए, शेरबहादुर पनि राजावाट नै बन्दि भएका थिए| राजनैतिक रुपमा भिन्न भिन्न मोर्चामा भएपनि दुबैको साझा एजेन्डा प्रजातन्त्र बहाली थियो| त्यो मुभमेन्टमा दुबैले इमान्दारीपुर्वक कार्य गरेका थिए| दुवै बि पी कोइरालाको विचार बोकेर हिडेका थिए| आज एकजना एकिकृत पार्टीको सभापति अनि अर्को प्रवक्ता बन्दा ब्यक्ति केन्द्रित गाली गर्नुको पछाडी के निहित स्वार्थ लुकेको छ? यो चाही बुझ्न नसकिएको अर्को यथार्थ पनि के हो भने राजावाट घोषणा भएको प्रजातन्त्र वा लोकतन्त्र स्वीकार गर्ने तर देउवाले हस्ताक्षर गरेर प्रवक्ता बनाउदा विश्वप्रकाशलाइ नै बदनाम गर्न खोज्ने कस्तो कांग्रेसी गुट हो ?

सात भाईको सहयोग अहिलेको अपरिहार्य सत्य हो

बिचारमा विश्वप्रकाश सात भाइको अवधारणा भन्दा टाढा छैनन| उनि केन्द्रीय समितिको बैठक र महासमिति बोलाउने अटल संकल्पमा दृढ छन् । झन् प्रवक्ता बनेर पनि पेचिलो रुपले पुरा गर्न क्रियाशील हुन्छन | हारमा बसेका तमाम कार्यकर्तालाई सकारात्मक उर्जा प्रवाह गर्न शुभकामना दिनु पर्छ| प्रवक्ताको हैसियतमा मेची महाकाली यात्रा गर्न अविलम्ब पठाउनु पर्दछ| उनि नेपाली कांग्रेसको लामो लगानीको प्रतिफल हुन, सारा कांग्रेसीहरुको भबिष्य पनि हुन, अनि समग्र मुलुककै आशा र बिश्वासको केन्द्र बन्ने ल्याकत राख्ने युवा नेता पनि हुन| तसर्थ साना साना स्वार्थको घेरामा बसेर नेतृत्वलाइ खुइलाउदा कसैको भावी यात्रा सहज नहुन सक्छ| सहयोग गरौ प्रवक्ताको जिम्मेवारीले आम कार्यकर्तामा रक्तसंचार हुनेछ । ज़सले भोलिको कांग्रेसको बाटो पहिल्याउने छ|

देशले खोजेको युवा यसरी अगाडी बढेर देशको नेतृत्वमा पुग्ने बाटो खोजी रहदा सात भाईको सहयोग अहिलेको अपरिहार्य सत्य हो, ज़सले अन्तत्वा भोलिको लागी युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने बातावरण तयार गर्नेछ, अत यो अवसरलाई कांग्रेस पुनर्जागरण यात्राको प्रस्थान बिन्दू बनाउनु ज़रूरी छ ।                                                                                                                                                         

-सुमन गिरी

(चुनाव प्रचारको क्रममा बिश्व प्रकाश शर्माको बहुचर्चित भाषणको भिडियो यसै साथ समाबेश गरीएको छ । )

कमेन्ट लेख्नुहोस