खद्य सामग्रीहरुमा हुने मिसावटको विषय नयां होईन् । तर यति सम्मकी म्याद नाघेको खान नहुने तेलपनि उपत्यकामा प्रयोग हुदै आएको छ । काठमाडौंको चावहिल नजिकै धोवी खोला किनारमा म्याद गुज्रिएका तेल जम्मा गरेर खुल्ला रुपमा बेच्ने गरेको भेटिएको छ । खान योग्न नहुने यो तेल उपत्यकामा विभिन्न पकवानहरुमा प्रयोग हुदै आएको छ । भारतीय नागरिक रोजश चौरसियाले सञ्चालन गरेको कवाडीखानामा यो तेलको भण्डान छ । यहि बाट खुला रुपमा यो तेल उपत्यकाका विभिन्न स्थानमा सप्लाई हुने गर्दछ । बजारमा म्याद सकिएका र बर्षौ पूराना तेलका प्याकेट जम्मा पारेर अबैध कारोबार संचालनमा गरिएको रहेछ । जसको मुल्य प्रति ग्यालिन ३ सय ५० देखि ४ सय रुपैंयाँसम्म पर्न जान्छ । मानव स्वास्थ्यसंग सिधै खेलवाडी गरि यो तेल चावहिल, भाटभटेनी चोक, भृकुटीमण्डप, गौशाला लगायतका क्षेत्रमा पानीपुरी, पकौडा, समोसा पकाएर बिक्रि गर्ने ठेला ब्यापारीलाई बिक्रि गर्ने गरेको प्रहरीले जनाएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस