पोखरमा मिटरमा नचल्ने तथा मनपरी भाडा लिने ट्याक्सीहरुलाई प्रहरी कारवाही सुरु गरे पछि यातायात व्यवसयी आन्दोलीत बनेका छन् । मंगलबार कास्की प्रहरीले विभिन्न स्थानबाट मिटरमा नचल्ने र मनपरी भाडा लिने १६ जना ट्याक्सी चालकलाई पक्राउ गरको थियो । त्यसको विरोधमा बुधबार ट्याक्सी चालकहरुले विच सडकमा ट्याक्सी तेस्र्याएर अवरोध गर्न खोज्दा प्रहरीले हटाएको थियो । ट्याक्सी चालकहरुको ज्यादतीका विरुद्व प्रहरीले कडा कदम चाले पछी व्यवसायीहरुले बिहिबार गण्डकी अञ्चलभरका सार्वजनीक यातायात ठप्प पारेर ट्याक्सी चालकको आन्दोलनलाई समर्थन गरेका छन् ।
पोखरामा ट्याक्सीले मिटरमा चल्न नमान्दा सर्वसाधरण उपभोक्ता ठगिदै आएका छन् । व्यवसायीले चालकहरुको रिहाइको माग गरेका छन् । प्रहरीले उनीहरुलाई यातयात व्यवस्था कार्यलयमा बुझाएको जनाएको छ । पोखरामा ४ हजार भन्दा बढी ट्याक्सी संचालित छन् । ती मध्ये ९० प्रतिशतमा मिटर जडान गरिएका छन् । तर पनि कुनै पनि ट्याक्सी मिटरमा गुड्न मान्दैनन र आफूखुशी भाडा लिन्छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस