बैदेशिक रोजगार विभागअन्तरगतको श्रम कार्यालय ताहचलकाकर्मचारीहरुले खुलेआम घुस लिएको हामी देखाउदै आएका छौ । सेवाग्राहीलाई सजिलै हुने काममाअवरोध देखाएर कर्मचारीहरु पैसा असुल्ने गरेका छन् । शुक्रवार फेरी श्रम कार्यालय ताहाचलमाकार्यरत नायवसुब्बा खगेन्द्रसाद गौतम२ लाख ३४ हजारघुस सहितरंगेहातपक्राउ परेका छन् ।सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेलाअख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । कतार जाने युवाहरुसंग घुुस मागेपछि उनिहरुकाउजुरीको आधारमागौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामापक्राउ परेका हुन ।पक्राउ परेका नासु गौतमकाअनुसार घुस लिएको २ लाख ३४ हजार रुपयां कार्यालय प्रमुख सम्म सवै कार्मचारीलाई बाडिन्छ । उनिआफ्नो भागमा १२ हजार मात्र पर्ने बताउछ् । यो हेर्नुहोस् । यस अघिश्रम कार्यालय ताहचलमासिधा कुरा टिमले गरेको स्टिङ अपरेसनमा कम्युटर अपरेटर भाग्य नारायण झादलालहरुको सेटिङमा सेवाग्राहीसंग पैसा लिने गरेको प्रमाण हामीले भेटाएपछि उन्ले आफ्नो मोवाईल यसरी पालेका थिए । उन्ले पनिकार्यालयका सवै कर्मचारीहरुलाई भागपुग्ने भनि स्विकारेका थिए । यस्तै हामीले गरेको अर्काे स्टिङ अपरेसनमाश्रम कार्यालय ताहचलकै सुब्बाराजेन्द्र पौडेलले जापानजाने युवाहरुसं १६ हजाररुपयां घुस लिएको देखायौ । उन्ले हाम्रो कार्यालयमै आएर घुस फिर्ता गर्दै श्रम कार्यालयका सवै कर्मचारीहरुले घुस लिने गरेको स्विकारेका थिए ।

कमेन्ट लेख्नुहोस