कुनै वेला कुख्यात अपराधी चाल्र्स शोभराजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हात्ती छिराईदिन्छु भनि नेपालको सुरक्षा संयन्त्र र सिष्टमलाई चुनौती दिएका थिए । बिमानस्थल यति भद्रगोल छ कि चाल्स सोभराजको उतmा दाबी आज पनि सम्भव छ । विदेशीहरु नेपाल छिर्ने वित्तिकै उनिहरुको पहिलो प्रभाव विमानस्थलले दिन्छ । सिधाकुरा जनतासंगका प्रडुसर दीपक बोहरा शुक्रवार विमानस्थल आगमन कक्षमा पुग्दा विदेशीहरु ईमिग्रेसनको किअस मेसिनमा ईन्ट्री फाराम भर्दै थिए । विदेशीहरु एउटा मेसिनले काम गरेन भनि अन्य मेसिनहरुमा प्रयास गर्दै थिए । तर विडम्वना एक घण्टा देखी ईमिग्रेसन फर्म भर्ने १२ ओटै मेसिनहरु काम गरिरहेका थिएन्न । ५, ६ ओटा मेसिनबाट पनि फर्म नभरिएपछि विदेशीहरु तनावमा थिए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस