Kantipur Samachar | कान्तिपुर समाचार, १५ मंसिर २०७४

आजको मुख्य समाचार :

* भयरहित वातावरणमा चुनाव गराउने स्तिथि तयार गर्न निर्वाचन आयोगद्बारा सरकारको ध्यानाकर्षण / सुरक्षा रणनीति चुस्त बनाउन निर्देशन ।

* सामाजिक संजाल र आमसंञ्चारको बढ्दो प्रयोगसंगै चुनाव प्रचारको शैलीमा परिवर्तन / छिटो छरितो हुने भएकाले सामाजिक संजालमा प्रचार गर्न होडबाजी ।

* उखु काट्ने बेला भइसक्दा पनि उखुको मुल्य अझै निर्धारण भएन / चिनी उद्योगहरु सञ्चालनमा नआउँदा किसान समस्यामा / उखुको मूल्य निर्धारण गर्न बसेको बैंठक विना निष्कर्ष टुंगियो ।

* जिम्बाब्वेका राष्ट्रपति मांगाग्वाद्बारा मन्त्रीपरिषद विस्तार / मन्त्रीपरिषदमा उच्च सैन्य अधिकारीको उपस्थितिले जिम्बाब्वेली जनता शसंकित ।

* स्विकृती बिना नै क्यानले कार्यसमितीको निर्वाचन गर्न लागेकोबारे आइसीसीलाइ पत्र पठाउन २२ दिनको समय / चित्तबुझ्दो जवाफ नआए नेपालको सदस्यता खारेज गर्ने चेतावनी ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस