कर्णाली वासी कहिले भोकमरी त कहिले झाडापखालाका कारण आफ्नो ज्यान गुमाउछन् । मुगुमा फेरी चिसोले उत्पन्न रोगका कारण दर्जनौले ज्यान गुमाएका छन् । सदरमुकामबाट २ ÷३ दिनको पैदल यात्रा पछि पुगीने विकट गाँउहरुमा अहिले दैनिक जसो भाइरल ज्वरो, रुगा, खोकी,निमोनियाकै कारण ज्यान गुमाइरहेका छन् । सामान्य लाग्ने रुगाखोकी, भाइरुल जरोको समेत औषधि नपाएपछि निमोनियाको शिकार भएर धेरैले ज्यान गुमाएका छन् । छायानाथ रारा नगरपालीका र खत्या गााँउपालीकामा एक हप्तामा मात्रै १८ जनाले चिसोबाट उत्पन्न रोगकै कारण ज्यान गुमाएका छन् ।
गाँउमा रहेको स्वास्थ्य चौकीमा गाँउपालीका, तथा नगरपालीकाले औषधि खरीद गरेको औषधि सकीसकेकाले यो अवस्था आएको खत्याग गांउपालीका कार्यकारी अधिकृत मणिचन्द्रं कार्की बताउछन् ।

कमेन्ट लेख्नुहोस