सकारात्मक विचार, भावना र दृस्टीकोणको अग्लाईमा हाल बिधमान सबै युवानेताहरुलाई होचो बनाउन सक्ने मुलुक कै गौरव हुन झापा १ का नेपाली कांग्रेसका युवा उमेद्वार विश्वप्रकाश शर्मा भन्दा फरक पर्दैन|

यी झापाको मात्र गौरव होइनन यी समग्र मुलुककै समृद्धिकै लागि अभियन्ता बन्न सक्छन|

गएको निर्वाचनमा सोहि क्षेत्रवाट झिनो मतले पराजित बन्दै गर्दा निर्वाचनमा हार्नेको परिभाषालाइ नै परिवर्तन गर्दै उपविजेताको रुपमा आफुलाई उभ्याए| उपविजेताको घोषणा हुदैगर्दा निर्वाचित बिजेतालाई फुलको माला लगाउदै बिजयको शुभकामना दिदा समग्र क्षेत्रको बिकाशमा साथ् दिने प्रण गर्दै प्रजातान्त्रिक संस्कारको कार्यान्वयनको सुरुवात बिन्दु पनि बने तिनै उपविजेता विश्वप्रकाश|

यिनको राजनैतिक निर्वाचन क्षेत्र पूर्वी नेपालको द्वार पनि हो| यी उपविजेता बन्दै गर्दा यिनकै निर्वाचन क्षेत्रको ग्रामिण इलाका मुख्यतया बाहुनडागीमा भारतवाट मेची नदि तर्दै हुलका हुल हात्ती प्रवेश गरेर ठुलो मात्रामा धनजनको क्षति पुराउदै थियो| यिनले यो आतंकवाट क्षेत्रलाइ मुक्त गर्ने प्रण गरे र सोहि बमोजिम मेची नदिमा विधुतीय तारवारको ब्यबस्था गरि यो समस्याको समाधान गर्ने कार्य बिश्वप्रकाशले नै गरेको हुन भनेर स्वयं बाहुनडाँगी वासीहरु गर्वले यिनलाई आशिर्वाद दिईरहेका छन्|

त्यस्तै नेपालकै पहिलो सफलतम प्रयोग प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवको सुरुवात झापाको काकड़भित्तामा गर्ने श्रेय विश्वप्रकाशलाइ नै जान्छ| यो महोत्सव बिशाल थियो जहाँ स्वास्थ्य जांच मात्र हुदैन थियो त्यहाँ स्वास्थ्य जनचेतनाका लगातार संचालन भएका कार्यक्रमले जनतालाई स्वास्थ्य प्रति जागरुक बनाउने कार्य पनि गर्यो| उक्त महोत्सवमा मुलुककै ख्याती प्राप्त चिकित्षकहरुले लगभग ३०,००० बिरामीहरुको चिकित्सकीय आधुनिक उपकरण सहित ल्याब परिक्षण र औसधि निशुल्क रुपले प्रदान गरेका थिए|

यी विश्वप्रकाश मानवीयताले भरिपुर्ण छन्| यिनको मनको कुनै कुनामा पनि पक्ष र विपक्षको विभेद छैन| हरेकको दुखलाई आफनो नै सम्झदै परोपकार गर्ने मानवता नै यिनको धर्म हो| यिनको जीवन अत्यन्तै सरल छ| धेरै मानिसहरु हेर्दामा राम्रा देखिने तर वास्तविकतामा मुखुन्डोधारी कुरूप अनुहार लिएर बस्ने हरुको भिंडमा विश्वप्रकाश जस्ता युवा नेताहरु पनि यहि देशमा छन् भनेर गर्व गर्ने अवसर तमाम झापा १ का मतदातालाई प्राप्त हुदैछ|

बधाई तथा शुभकामना छ ति सम्पूर्ण झापा १ का जनतालाई जो अवशरको सहि सदुपयोग गर्ने प्रतिक्षामा छन् र मुलुक कै समृद्धिको यात्रालाइ गन्तव्यमा पुराउन सक्ने विश्वप्रकाश जस्तो नेतृत्व रास्ट्रलाइ दिदै छन ।

~ उभयचर

कमेन्ट लेख्नुहोस