नेपाली कांग्रेस झापा १ बाट प्रत्यासी बिश्वप्रकाश शर्माको अंतिम चुनाबी सभामा उनले दलहरूको घोषणापत्र भए पनि  देशको समृद्दीको मार्गचित्र चाहिएको बिचार धुलाबारीमा ब्यक्त गरे।

नेपाली राजनीतिमा बी पी कोईरालाको समाजवादको प्रष्ट ब्याख्या गर्ने हैसियतका शर्माको बिजयलाई निकै चासोका साथ हेरिएको छ । यो जीत संगै नेपाली कांग्रेसको नेतृत्वमा समेत पुग्न सक़्ने नेताको रुपमा उनलाई चिन्नेहरु बताऊँछन ।

हालै गगन थापामाथी लक्षित गरी हानिएको बम प्रति खेद ब्यक्त गरे । माओबादी आंदोलनले जन्माएको केही ब्यक्तिहरू अहिले बम बिस्फोटमा लागेकोले उनिहरू प्रति बिश्वास ग़र्न नसकीएको र शंकाको घेरामा माओबादी पनि परेको बताएका छन।

उनले क़बि नवराज पराजूलीको सगरमाथाको गाहिराई कबिता सम्झीएर भने” खाड़ीबाट लासको बाक़स ल्याउनुको साटो बिदेशिएका नेपालीलाई यतै फ़र्काउने नै मेरो एजेण्डा हो, समृद्दी नै मेरो क्रांति हो र ईमानदारीता नै मेरो शक्ति हो “।

कमेन्ट लेख्नुहोस