Kantipur Samachar | कान्तिपुर समाचार, १९ कार्तिक २०७४

आजको मुख्य समाचार :

* मतदाता शिक्षा अझै सञ्चालन नहुँदा मत बदर हुने आशंका / मतदाता शिक्षा प्रभावकारी बनाउन स्थानीयको माग ।

* दोस्रो चरणमा हुने निर्वाचनका उम्मेद्वारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदै / आजै चुनाव चिह्न पनि वितरण गरिने / ठुला दलको बढ्दो प्रभावले स्थानीय तथा जातीयरुपमा सक्रिय पार्टी संकटमा ।

* ट्रान्सफरमर खरिदमा भएको अनियमिततामा पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसहित एक बहालवाला सचिवसँग अख्तियारद्बारा बयान / पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालमाथि छानविन ।

* साउदी अरेबियामा भ्रष्टाचार गरेको आरोपमा ११ जना राजकुमार, चार जना मन्त्री र कैयौं पूर्वमन्त्री पक्राउ / राजकुमार पक्राउसंगै विश्वका प्रमुख आर्थिक संस्थामा हलचल ।

* ए डिभिजन लिगको पुरस्कार राशी घटाउने एन्फाको तयारी / पुरस्कार राशी घटाएर क्लबहरुलाई लिगको तयारीका लागि दिने ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस