Kantipur Samachar | कान्तिपुर समाचार, १४ कार्तिक २०७४

आजको मुख्य समाचार :

* सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका नेकपा माओवादी केन्द्रका पूर्व सभासद बालकृष्ण ढुंगेल जेल चलान / कर्तव्य ज्यान मुद्दामा दोषि ढुंगेल ८ वर्षपछि पक्राउ ।

* नेपाली कांग्रेसद्वारा चुनावी घोषणापत्र सार्वजनिक / वाम गठवन्धनको कडा आलोचना / लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान ।

* संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रदेश नम्बर दुईमा चुनावी तालमेल / प्रतिनिधिसभाको ३२ मध्य समाजवादी फोरम १७ र राजपालाई १५ निर्वाचन क्षेत्र ।

* अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले सामाजिक सञ्जाललाई विभाजनकारी सन्देश दिन प्रयोग गरेकोबारे अनुसन्धान सुरु / राष्ट्रपति ट्रम्पका दुई सहयोगी विरुद्ध मुद्दा दायर ।

* एएफसी अन्डर नाइन्टिन च्याम्पियनसिप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित / किर्गिस्तान दुई-शून्य गोलले विजयी ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस