मख्खै पारी भोट माग्छौ चुनाव नजिक आउँदा
अरु बेला वास्तै छैन हाम्ले दुःख पाउँदा
एकै गाग्री पानी ल्याउँदा बिहान बित्छ सारा
कहिले बन्छ घरघरमा खानेपानी धारा
के हो तिम्रो पार्टी, के हो चुनाव चिन्ह
चिने तिम्रो पार्टी, चिने चुनाव चिन्ह
सोझा जनता झुक्याउने तिम्रो पार्टीले हो
यस्तालाई त मैले भोट ज्यान गएनी दिन्न

वैकुण्ठ महतको लय तथा शब्दमा तयार भएको ‘चुनाव चिन्ह’ बोलको यो गीतले दलका नेताहरूलाई व्यङ्ग्य गरेको छ । अघिल्लो चुनावमा ल्याइएको यो गीत अहिलिको चुनावमा पनि उत्तिकै सान्दर्भिक छ

कमेन्ट लेख्नुहोस