बाजुराको काँडा स्वास्थ्य चौकी भवन निमार्ण सुरु भएको ७ बर्ष भैसक्यो तर भवनको अवस्था यस्तो छ । १ करोड लगानीमा १५ महिनामा निमार्ण सम्पन्न गर्ने राजेन्द्र निमार्ण सेवाले जिम्मा लिएको थियो तर अहिलेसम्म पनि स्वास्थ्य चौकी यो अस्तव्यस्त अवस्थामा छ । राजेन्द्र निमार्ण सेवा डँडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका मेयरमा निर्वाचित भीमबहादुर साउँदको हो । भीमबहादुर साँउद क बर्गको निमार्ण कम्पनीका प्रमुख मात्रै हैनन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष समेत हुन । साउदको यो कँम्पनीले बाजुरामा मात्रै हैन उन्को जिल्ला डडेल्धुरा देखी सुदुर पश्चिमका अन्य जिल्लाहरुा समेत दर्ननौ काम अधुरै छोडेका छन् । यो डडेल्धुराको रंगुन नदीमा बनिरहेको पुल तिनै भिमवहादुर साउदको कम्पनीले ठेक्का पारेको हो । यो रंगुन पुल निमार्ण सुरु भएको ३ बर्ष विसिक्दा भने म्याध सकिएको २ बर्ष भैसक्दा पनि अधुरै छ । यस्तै भागेश्वर गााउपालिका ४ पर्छेटामा निर्माण भईरहेको पुल समेत अलपत्र रहेको छ । भिमवहादुर साउदकै कम्पनीले ठेक्का पारेको उक्त पुल अन्य ठेकेदारलाई पेटी ठेक्कामा गर्ने दिईएको छ । काम भने अझै अलपत्र छ ।
उन्कै कम्पनी राजेन्द्र निर्माण सेवाले उग्रतारा मेलौली सडकको काम पुरा गरेको छैन । उक्त सडक कालोपत्रे गर्ने टेण्डर भएपनि अहिले सम्म काम सुरु गरेका छैनन् ।
यति मात्र होईन, बगरकोट रुपाल सडकको कटिङ्गको काम, गन्यापधुरा गाँउपालिकाको पारीखेतमा निर्माण सुरु गरेको पुलको काम अझै अपुरो छ । राजनीति पहुचबाट आफु सरकारी काम लिने र त्यसको ठेक्का अर्का कम्पनिलाई दिन साउद प्रख्यात छन् । पर्शुराम नगरपालिकाका मेयर निर्वाचित साउद काठका ठेकेदार पनिहन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस