हामीले बारम्बार प्रहरीले घुस लिइरहेको देखाउदै आएकाछाँै । फेरी महानगरीय प्रहरी प्रभाग गंगबु नयाँ बसपार्कका इन्चार्ज प्रहरी निरिक्षक हरीहर सुनवार ५० हजार घुस लिदै गर्दा पक्राउ परेका छन् । होटल व्यवसायीसंग ५० हजार घुस लिदैँ गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उन्लाई रंगेहात पक्राउ गरेको हो । जाजरकोट घर भएका सुनवार साढे दुई महिना देखी गंगबु बसपार्क चौकीका ईन्चार्जका रुपमा कार्यरत थिए । सेवाग्राहीबाट उन्ले पैसा लिईरहेको सुचना पाएपछि अख्तिारको टिमले उन्लाई रंगेहात पक्राउ गरेको हो । यस अघि हामीले गरेको स्टिङ अपरेसनमा बालाजु वृतका डिएसपी नविनकृष्ण भण्डारी असई चन्द्रसिंह भाट सहित दुई जना हब्लदार ५ लाख घुस काठण्डमा समातिएका हुन् । अहिले अख्तियारले उनिहरु विरुद्ध मुद्धा चलाईरहेको छ । प्रहरीमा रहेका यस्ता केही व्यक्तीहरुका कारण प्रहरी संगठननै बदनाम भइरहेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस