झरेको पात झै !

 

मनको कुनामा तिमीसंग रहे पनि नरहे पनि ,

पात भएर मैले के गल्ती गरे !

यो पतझर मौसमको असर भनू कि,

न त फूल नजिक बसेरा फूल झै फक्रिन सके !

न त अत्तरको सुगंध,

पर पर फ़ैलाउन गगनचुम्बी यात्री भए !

हर पल संगसंगै रहने मायालु पनि,

बेख़बर,

हराएको अख़बारको भीत्री पेज झै,

बिना सम्पादक कसैले च्यातेर फालेजस्तो,

म त त्यही रुखमुनि अलपत्र परे ए मायालु !!!

मेरो हालत त त्यहि झरेको पात भएको छ,

जसले केवल रूखको छहारीमा

बस्ने मौक़ा त पाउछ,

तर केवल

अंतिम यात्राको शितलताको लागि मात्र  !

 

~उभयचर

कमेन्ट लेख्नुहोस