सराकारले नेपालका कुना कुनासम्म पनि सहज स्वास्थ्य सुवीधा पु¥याउने घोषणा गरको धेरै भयो तर विडम्बना सुगमकै सर्वसाधारणले पनि दक्षिण एसियाकै नमुना मानिएको धरान स्थीती विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामीले सहज उपचार पाउँदैनन् । यो अस्पतालमा दैनिक २० देखी ३० ओटासम्म विभीन्न रोगको शल्यक्रिया हुन्छ । तर बिडम्बना एक महिना देखी हरेक शल्यक्रिया गर्नुपुर्व गरीने ल्याब टेष्ट नै रोकीएको छ । सबै सल्यक्रिया गर्दा सेरेलोजी अन्तर्गतको एचविएसएजी, र एचसिभी, हेपाटाइटिस वी र सी कै ल्याव टेष्ट गर्नुपर्छ तर एक महिना देखी टेष्ट किट नै छैन । टेष्ट किट नै नभएपनि अस्पतालले दैनिक करिब २ सय बिरामीको नुमना संकलन गरेर पैसा उठाइरहेको छ । ३÷४ महिनादेखी शल्यक्रियाको मिती लिएर बसेका बिरामीहरु शल्यक्रिया पुर्व रिपोट लिन जाँदा किट नभर रिपोट नआएको भन्दै फकिन्छन् ।

कमेन्ट लेख्नुहोस