Kantipur Samachar | कान्तिपुर समाचार, ३१ भाद्र २०७४

आजको मुख्य समाचार :

१. दुइ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनका लागि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण शुरु / निर्भय र ढुक्क भएर मतदान गर्न सर्वसाधारणलाइ आयोगको आग्रह ।

२. दुइ नम्वर प्रदेशका सबै निर्वाचन क्षेत्रमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन / आज देखि मतदान नसकिएसम्म भारतसंग जोडिएको सिमा क्षेत्र सिल्ड ।

३. बसन्तपुरको त्रैलोक्य मोहन मन्दिरको पुनर्निर्माण शुरु / स्थानीयबासीको प्रत्यक्ष अनुगमनमा पुरातत्व विभागले १० महिनामा मन्दिर तयार पार्ने ।

४. अमेरिकी फौज सरहनै आफ्नो सैन्य बल तयार पार्ने उत्तर कोरियाली नेता किम जङ उनको भनाइ / परमाणु कार्यक्रम पुरा नभए सम्म नरोकिने किमको रणनीति ।

५. एसीसी अन्डर नाइन्टिन एशिया कप छनोटको उपाधिका लागि नेपाल र हङकङ भिडने / सेमिफाइनल खेलमा नेपालले मलेसियालाइ १० विकेटले हरायो ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस