हामी रिपोटिङका लागि तराईका जिल्लाहरु घुम्दै गर्दाै आइतबार धनुषा र महोत्तरीको सीमामा पर्ने रातु पुलमा पुगेपछी करिव ४ घण्टा बढी जाममा प¥यो । पुल भासिएर र कमजोर भएपछि प्रहरीले पुलमा आवत जावत वन्द गरि खोलाबाट सवारी सधान पास गराइरहेको थियो । जामका कारण रतु पुलको दुवैतिर सयाँै सवारी साधन र हजारौँ यात्रु अलपत्र परेका थिए । यो पुलमा यसरी जाम भएको पहिलो पटक होईन, पुल भासीन सुरु गरेको ३ बर्ष बढि भैसके छ । ४५ बर्ष अघि सोभियत संघको सहयोगमा निमार्ण भएको पुल २८ गते रातीको बर्षासँगै झन भासीयो । स्थानीयका अनुसार यो पुल भासीनुको मुख्य कारण नदि किनारमा जोडीएर सञ्चालनमा आएका क्रसर उद्योग हुन । स्थानीय प्रसासन तथा सडक डिभीजन कार्यालय क्रसर उद्योगको अवैध दोहनकै कारण पुल भासीएको भन्ने जानकारी हुँदाहुदै पनि कारावहीको लागि चुइक्कसम्म बोल्न सकेका छैन ।
यो पुल भासीएर अलपत्र परेका सयौँ यात्रुहरु समस्या समाधानको लागि कुनै पहल गरेका थिएन । कम संख्यामा रहेको ट्राफिक प्रहरी असिनै पसीनै हुँदै खोलाबाट गाडी पास गराउन तल्लीन थिए । तर धेरै सर्वसाधारण यांहा तमासा हेरेर बसेका थिए । सर्वसाधरणले चाहेको अवस्थामा मोटरसाईकल र सवारी सधान वार पार गराउन सहयोग गर्न सकिन्थ्यो । खोलमा मोटरसाईकहरु लडिरहेका थिए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस