परदेसीएको द शै क्लिक !!!!!

आमा ! थाहाँ छैन पोहोर पनि यसरी नै आएको थियो कि द शै
सुस्त सुस्त बिदेशिएका मनहरू लाई चलाएर, घोचेर
गाऊँ पाखाका यादहरूको सर्बत घोलीएर
अह ! शब्दकोषमा नभेटीने यो अथाहको पुस्तक  पसल मा सजाएर राखिएको

बिना  गाताको  पुस्तक जस्तो
फ़ेसबुकमा

अचम्म संग आउछ द शै
एकसरो टिका लगाएका तस्बिरहरू निहालेर

न्यूज़फ़ीडमा जाम गरी गरी ,

क़ैयौ साल बिदेशिएका मूटु हरूलाई

आफ़नो घर समझाएर

निधार चिलाउने गरी
लाइक बटनमा जोडले क्लिक क्लिक गरी

सास्टांग दण्डवत गराइकन छोड़छ द शै

आमा ! यसरी नै यो पालीको द शै सकिएला जस्तो छ !

~ उभयचर

कमेन्ट लेख्नुहोस