पर्साको मौवान ७ मा रहेको दलीत प्राथमीक विद्यालयको अवस्थाको बिषयमा हामीले रिपोटीङ गरेपछि हाम्रा दर्शक कुमार थापाको आर्थिक सहयोगमा अहिले बिद्यालयमा मर्मत सम्भारको काम भईरहेको छ । तर तराईमा गएको बाढीका कारण यो स्कुल पुननिर्माणको काम पनि प्रभावित भएको छ । अहिले नदिबाट बालुवा निकाल्न रोकीएको कारण प्लाष्टरको काम रोकीएको छ ।
२ सय ५ जना भन्दा बढि दलीत समुदायका बिद्यार्थीहरु अध्ययनरत उतm बिद्यालयमा अधिकाशंस बिद्यार्थीहरु निकै गरीब परीवारका छन् । उनिहरुको शरिरमा बिद्यालय पोशाक त छ तर जस्तो सुकै गर्मी, जाडो वा बर्खाको हिलो होस्न उनीहरु खाली खुट्टा विद्यालय आउन बाध्यछन् । अर्थ मन्त्रालय र योजना आयोगले नेपालमा चप्पल किन्न नसक्ने गरिव नभएका प्रयिवेदन तयार पारेपनि यो स्कुलका विद्यार्थीहरु कसैको खुट्टमा चप्पल छैन् । देशका कर्णधार सहरबाटै मात्र उब्जनेहुन र ? पिछडिएको यो दलित वस्ती जांहा न स्वास्थ्य सेवा, न विद्यालय न तर विकासनै छ । भाग्यले कुनै चमत्कार गरे वा कुनै चिठ्ठा परे मात्र यिनको जिवन स्थर उकासिन्छ । यिनका नाममा धेरै राजनीति हुन्छ, यिनका अविभावकले भोट दिएर पठाएकाहरुको जुत्ताले कहिल्लै हिलो कुल्चनु पर्दैन । तर त्यहीका जनताका छोरा छोरी खुट्टामा जुत्ता चप्पल लगाएर स्कुल जान सक्दैनन् । तराईको गर्मी होस् वा जाडो उनिहरुको खुट्टामा चप्पल कहिलै हुदैन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस