काले मिया ,उनि अर्घखाँची सन्दीर्खक नगरपालीका ४ का बासीन्दा हुन । उनी विगत ३ बर्षदेखी मुटुका बिरामी छन् । पछिल्लो समय मुखबाट रगत नै बग्न थालेपछि उनि आफ्नोे बारी ४० हजारमा बेचेर उपचारको लागि काठमाडौ आए । ६० बर्षको उमेरमा बावुलाई उक्ले नपठाउने भन्दै माईली छोरी पनिसगै काठमाण्डौ आईन् । उनिहरु नाइट बसमा काठमाडौ आउँदै थिए तर बिचबाटोमा कुनै पकेटमारले उनले लगाएको स्टाकोटको गोजी काटेर पैसा चोरेको रहेछ । उनि रुदैँ प्रहरीकांहा पनि पुगे । प्रहरीले चोर फेला परे पैसा फिर्ता गराईदिने भन्दै उनिहरुलाई बस चढाएर काठमाडौँ पठाइदिए । काठमाडौ आएपछि उनिहरुका झन् कष्टका दिन सुरु भए । गोजीमा एक रुपयौँ पनि नभएपनि नगरपालिकाको सिफासिरमा निशुल्क उपचार गरे र अस्पताल्मै रात काटे । पशुपतिमा निशुल्क खाना पाईन्छ भन्ने थाहा पाएपछि उनिहरु खाना खान दिनहु पशुपति पुगे । आस्पतालको वाहिर रात विताएर गंगालालमा निशुल्क उपचार गरे र एक महिनाको औषधी पनि निशुल्क पाए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस