उदयपुर त्रियुगा नगरपालिका स्थीत जलजले देखी चुहाडे भण्टावारीको सडक खण्ड निमार्ण सम्पन्न नहँदै भत्कीएको छ । ८ सय ८० मिटर लामो सडक मध्य ७ सय ८० मिटर ढलान भैसकेको छ । निमाार्ण कम्पनी इलाइट विकास जेभी र जाल्पा विल्डर्सको चरम लापरवाहीको कारण ढलान भएको अधिकांश स्थानमा गिटी र बालुवामा छुटीएर सडकमा खाल्डा परीसकेका छन । स्थानीयका अनुसार ठेकेदार कम्पनीले खोलाका बालुवा नचाली माटो सहीतको नै वालुवा प्रयोग गरेको थियो । २ करोड ३० लाखको लागतमा ४० टन भार थेग्न सक्ने गरी निमार्ण थालीएको सडकको बेजोग अवस्था हो यो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस