हामीले यस अघिको कार्यक्रममा देखायौ मुटुका विरामी भनिएका अर्धाखांची सन्धिर्खक नागरपालिका ४ का काले मियां आफ्नो घर जाने भाडा नभएका कारण जवान छोरी सहित सडकमा बास भएको भन्दै सहयोग माग्दै हाम्रो कार्यालयमा आएको । उन्ले यसरी आफ्नो दुख राखेपछि हामीले उन्लाई घर जाने भाडाको पनि व्यवस्था गरिदिए । तर काले मियां झुट बोलिरहेका रहेछन् । काले मियांले माईली छोरी भनि हाम्रो कार्यालय ल्याएकी महिला त उन्की श्रमति रहेछिन् । हाम्रा दर्शक कृष्ण पाण्डेले यो व्यक्ती ठग भएको र कार्यालयमा ल्याएकी छोरी नभई श्रीमति भएको बताए ।
हाम्रा दर्शक कृष्ण पाण्डेको कुरा सुनेपछि हामीले काले मियांका वारेमा छानविन गर्न १० मिनेट लागेन । काले मियांले बनाएका डकुमेन्ट सवै सहि भएपनि ति महिला उन्की छोरी नभई श्रीमति रहेछन् । त्यपछि हामीले काले मियांलाई फोन गरी हाम्रा अन्य दर्शकहरले पैसा सहयोग गर्न लागेको भनि कार्यालय बोलायौ । नभन्दै उनि दोस्रो दिन हाम्रो कार्यालय आए । त्यतीखेर सम्म हामीले काले मियांका वारमा सवै बुझिसकेका थियो । उनलाई श्रीमतिलाई किन छोरी भनि झुट बोलोको भनि सोध्यौ । उन्ले फेरी पनि छोरीनै भएको दावि गरे । त्यसपछि हामीले काले मियालाई अर्काे कोठामा राखि ति महिला जर्सा मियांलाई सोध्यौ उन्ले यसरी सत्य स्विकारिन ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस