कुनै पनि व्यापरीले ग्राहकबाट २० प्रतिशत भन्दा बढि नाफा खान पाउँदैन तर ब्रान्डको नाममा काठमाडौ स्थीत दरबारमार्गमा सञ्चालीत सोरुमहरु बेन्ट्ले, पुमा, नाइक, स्टोर वान र एभिन्यू मार्के्टिङले १ हजार प्रतिशत सम्म नाफा राख्ने गरको भेटीएको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनका क्रममा यि कम्पनीका सोरुमहरुले दशै तिहारको अफरका नाममा उनीहरुले ग्राहक लुटीरहेका छन् । यि सोरुमहरुले ४७ सयमा किनेको जुत्तालाई २६ हजार ९ सय ९० मा बिक्री गर्नेगरेका छन् । कति सम्म भने बेन्ट्लीले सामानको खरिद विल देखाउन समेत सकेनन् । यसरी ब्रान्डको नाममा एक हजार प्रतिशत सम्म नाफा राख्ने सोरुमहरुलाई कडा कारवही गर्नूृृपर्ने आवाज उठेको छ । यि सोरुमहरुले बर्षैदेखी ब्रान्डको नाममा सर्वसाधारण ठगीरहेका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस