Kantipur Samachar | कान्तिपुर समाचार, ३१ श्रावण २०७४

आजको मुख्य समाचार:

* डुबानमा परेर विस्थापित भएका अधिकाँश बाढीपीडित अझै राहतको पर्खाईमा, बाढी प्रभावित १२ जिल्लामा राहत सामग्री पठाईएको गृहमन्त्रीद्वारा सांसदलाई जानकारी

* बाढी प्रभावित क्षेत्रमा बिरामी हुनेको संख्या बढ्दो, स्वास्थ्यकर्मी र औषधि उपलब्ध नहुँदा बिरामीले उपचार पाउन सकेनन्

* बाढीपहिरोले मुलुकनै समस्यामा परेको भन्दै डा. गोविन्द केसीद्वारा अनसन स्थगित, बाढीपीडितले समयमै उपचार नपाएकोमा चिन्तित

* चीन सरकारद्वारा बाढीपहिरो पीडितको राहतका लागि १० करोड रुपैया नगद सहयोग, ३ वटा सम्झौतामा हस्ताक्षर, बसन्तपुरको नौतले दरबार पुनर्निर्माणको शिलान्यास

* किर्तिपुरमा बनाइने कभर्ड हलको शिलान्यास गरिएपनि टेन्डर प्रक्रियानै सुरु भएन, सरकारी ढिलासुस्तीले कभर्ड हल समयमै निर्माण नहुने पक्का

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस