Kantipur Samachar | कान्तिपुर समाचार, १५ भाद्र २०७४

आजको मुख्य समाचार :

* हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० र बाँकी ४५ जिल्लामा २१ गते प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने, निर्वाचन क्षेत्रको टुंगो लाग्दा तयारीमा सहज ।

* तेस्रो चरणको स्थानीय तहका लागि अधिकांश दलका उम्मेदवारको अझै टुगों लागेन, कार्यकर्ता भोट माग्दै मतदाताका घरदैलोमा, काम गर्ने उम्मेदवारलाई भोट दिने मतदाताको भनाइ ।

* प्रधानमन्त्री देउवाद्वारा महाकाली नदीमा चार लेनको पक्की पुल शिलान्यास, पुल बन्दा आवागमनमा सहज हुने भन्दै स्थानीय उत्साहित ।

* नयाँ स्टक एक्स्चेन्ज खोल्न नेपाल धितोपत्र बोर्डले सहजिकरण गर्ने, सेयर कारोबारमा भ्याट नलाग्ने बोर्डको स्पष्टोक्ति ।।

* भारतको मुम्बइमा पाँच तले आवासीय भवन भत्किदा २१ जनाको मृत्यु, ३४ जना घाइते ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस