Kantipur Samachar | कान्तिपुर समाचार, १४ भाद्र २०७४

आजको मुख्य समाचार :

* निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाइ बुझायो, सबैभन्दा बढी काठमाडौमा १० वटा क्षेत्र तोकियो ।

* प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारको निर्णय, निर्वाचन मीतिबारे प्रमुख प्रतिपक्षीसंग छलफलनै नगरिएको भन्दै एमाले अध्यक्ष ओलीको आपत्ती ।

* बाढीमा पाठ्यपुस्तक नष्ट भएपछि मोरङ ,सुनसरी, सप्तरी र झापा जिल्लाका ३३ हजार विद्यार्थी पाठ्यपुस्तक बिनानै स्कुल जान बाध्य, बजारमा पनि पुस्तक मौज्दात नहुदा विद्यार्थी मारमा ।

* अमेरिकाको टेक्सस राज्यमा समुद्री आंधीमा परि ज्यान गुमाउनेको संख्या २० पुग्यो, हजारौं मानिस विस्थापित, सम्भावित लुटपाट रोक्न रात्रिकालिन कर्फ्यू जारी ।

* नेपाल र बंगलादेशबिचको दोस्रो मैत्रिपूर्ण भलिबल प्रतियोगितामा नेपाल विजयी, बंगलादेश तीन दुइको सेटमा पराजित ।

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस