Kantipur Samachar | कान्तिपुर समाचार, १२ भाद्र २०७४

आजको मुख्य समाचार :

* दोक्लममा चीनसंग बढ्दो तनाव समाधानका लागि सिमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन भारत तयार, आफ्नो सार्वभौमिकताको रक्षा गरिरहने चीनको प्रतिक्रिया

* संविधानको सर्वस्वीकार्यता बारे अन्तर्राष्ट्रिय मन्चमा भएको कुरालाई अन्यथा नलिन प्रधानमन्त्री देउवाको आग्रह, संविधान संशोधन नेपालको अन्तरिक मामिला भएकाले कसैसँग सम्झौता नगर्ने भनाई

* तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँए संगै प्रदेश नं. २ मा चुनावी गतिविधि बढ्यो, दलहरु उम्मेदवार छान्ने गृहकार्यमा

* गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरवाही, निर्माण पुरा हुनुपर्ने अवधिमा ३० प्रतिशत मात्रै काम, ठेकेदारबीच विवाद र सरकारी अन्योलताले निर्माण अलपत्र

* नेपालले भोलि बंगलादेशसंग मैत्रीपूर्ण भलिबल खेल्दै, समान स्थर भएकाले बंगलादेशविरुद्ध सकारात्मक नतिजा निकाल्ने नेपाली प्रशिक्षकको भनाई

Check out our website: http://ktv.ekantipur.com/

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

कमेन्ट लेख्नुहोस