सरकारले सोमबारबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट विवादीत बनेको छ । इम्बेस्ड नम्बर प्लेट अंग्रेजी अक्षरमा लेख्ने व्यवस्था गर्नु, नेपालको नयाँ संविधानले प्रदेश सभाको चुनाभ पछि अञ्चलको संरचनानै नहुने व्यस्था गरेकोमा इम्बोस्ड नम्बर प्लेटमा अञ्चल संरचना राख्नु तथा यसको लागी ४ करोड ३७ लाख ८७ हजार अमेरिकी डलर बुझाउनुपर्ने लगाएतका बिषय अहिले निकै आलोचित बनेका छन् । नेपाली सवारीसाधनको नम्बरप्लेटलाई अन्तर्रा्ष्ट्रियस्तरमा लैजाने भन्दै कहिँ कतै पनि नेपाली अक्षरहरु समावेशै नगरी अंग्रेजी अक्षरमा मात्रै राखीएको छ । पछिल्लो जनगणना अनुसार ५४ प्रतिशत मात्रै साक्षरता भएको देशमा अंग्रेजी नम्बर प्लेटलाइ नै प्रयोगमा ल्याउँदा व्यवाहारीकरुपमा कठिनाइ हुने देखीन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस