हामी नेपाली सेनाले भित्रको भ्रष्ट्राचार देखाउदै आएका छौ । अख्तियारले पनि हेर्न नपाउने भएपछि नेपाली सेना भित्र ठुलो भ्रष्ट्राचार हुने गरेको छ । हामीले सेना अफिसरहरुले भ्रष्ट्राचार गरेर ठगेकाहरुवारे रिपोटिङ गरेपछि अहिले भने उनिहरु पैसा पाउन थालेका छन् । नगरकोट स्थीत शिक्षालयमा २ करोड २८ लाख बराबरको वाल पुटीङ तथा पेन्टीङको काम गरेका दुर्गालाल तण्डुकारले हामीले रिपोट प्रशारण गरेपछी ४३ लाख पाएका छन् । सेनाका बहावला मेजर निश्चयजंग रायमाझीले ४३ लाख रुपयां झोलामा हालेर डिल्लीबजारको एक रेष्टुरेन्टमा तण्डुकारलाई यसरी बुझाए । खासमा नेपाल सेनाको विकास निमार्ण निर्देशनालयका पुर्व जर्नेल नरेश बस्नेत, पुर्व कर्नेल गोपाल भण्डारी तथा बहालवाल मेजर निश्चयजंग रायमाझीले विरेन्द्र सैनिक अस्पताल छाउनी तथा नगरकोटको नेपाली सेना शिक्षालय निमार्णका लागि विभीन्न काम गरेका रमेश श्रेष्ठ र माधव खतिवडा, दुर्गा तन्डुकारलाई भुतmानी दिनु पर्ने १ करोड बढि रकम अझै पाएका छैनन् । छाउनी स्थीत अस्पतालमा काम गरेबापत ३ जना ठेकेदारले पाउने पर्ने ६० लाखको बिषयमा हामीले रिपोटीङ गरेर र नेपाली सेनाका प्रवतmा झंकर कडायतसँग लाइभ कुरा गरेपछि छानविनको लागि समिती बनाईएको भनिएको थियो । सेनाले आफु भ्रष्ट्राचार लुकाउन खोजे पनि सेनाका अफिसरहरु भने काफले गरेका गलत कार्य मिलाउन थालेका छन् । मेजर निश्चलजंग रायमाझिले दिएको नदर ४३ लाख यसको उदाहरण हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस